१५ कार्तिक २०८३ ,शनिबार

सूर्यविनायक नगरपालिकाले माटोको नमुना संकलन गर्दै


२१ असोज भक्तपुर। सूर्यविनायक नगरपालिकाले माटोको नमुना संकलन गर्दैछ ।

नगरपालिकाको कृषि विकास शाखाले माटो परीक्षणका लागि माटोको नमुना संकलन गर्न लागको हो । आर्थिक वर्ष २०८३/८४ को स्विकृत कार्यक्रम अन्तर्गत माटो परीक्षण गरी कृषि चुन वितरण गरिने शाखाले बुधबार सूचना निकालेर जानकारी दिएको हो ।

सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र अर्थात आगामि कार्तिक १० गतेभित्र माटाको नमुना सम्बन्धित वडा कार्यालय वा नगरपालिकाको कृषि विकास शाखामा बुझाउन पनि शाखाले अनुरोध गरेको छ ।

माटोको नमुना संकलन गर्ने विधि

  • १ रोपनी जग्गाबाट विभिन्न ५ स्थानको प्रतिनिधित्व हुने गरी नमूना लिने।
  • करिब १५–२० से.मी. गहिराइबाट V आकारमा नमूना लिने।
  • आली, कान्ला, मल थुपारेको ठाउँ, रुखको फेद वा पानीको मुहान/निकास नजिकबाट नमूना नलिने।
  •  माथिल्लो २–३ इन्च माटो हटाएर मात्र नमूना लिने।
  •  करिब ५०० ग्राम माटो सफा प्लास्टिकको थैलोमा राख्ने।
  •  थैलोमा कृषकको नाम, ठेगाना, नमूना लिएको मिति, खेतको प्रकार, हालको बाली, प्रयोग गरिएको मलखाद र देखिएको समस्या लगायतका विवरण स्पष्ट लेख्ने।
  •  वर्षा वा पानी परेलगत्तै नमूना संकलन नगर्ने।

प्रकाशित मिति: २१ आश्विन २०८३, बुधबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?