काठमाडौं । भारतको असम राज्यस्थित गुवाहाटीमा गोली चल्दा एकै परिवारका चार जनासहित पाँच जनाको मृत्यु भएको छ। घटनामा एक जना घाइते भएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार होटलको स्वामित्व र लिजमा सञ्चालन गर्ने विषयमा होटल मालिक तथा सञ्चालकबीच विवाद हुँदा गोली चलेको हो।
भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार सोमबार राति करिब ९ बजे गुवाहाटीको जीएस रोडस्थित बोरा सर्भिस नजिकै रहेको होटल बिलास इनमा घटना भएको हो।
असम प्रहरीका अनुसार घटनामा ६ जनालाई गोली लागेको थियो। तीमध्ये पाँच जनाको मृत्यु भएको गुवाहाटीका प्रहरी आयुक्त पार्थ सारथी महन्तले जानकारी दिएका छन्।
प्रकाशित मिति: ११ कार्तिक २०८३, मंगलवार









