१४ कार्तिक २०८३ ,शुक्रबार

४६ औँ संस्करणको नेपाल भाषा साहित्य तःमुंज्या सम्पन्न


भक्तपुर । नेपाल भाषा तःमुंज्याको ४६ औँ संस्करण सफलितापूर्वक सम्पन्न भएको छ ।

जनता म्वाःसा भाषा म्वाई अर्थात जनता बाँचे भाषा बाँच्छ भन्ने मुल नारासहित नेपाल संवत् ११०० देखि संचालन हुँदै आएको ४६ औँ संस्करणको तःमुंज्यामा नेपाल भाषा साहित्यका अनुयायीहरुको उल्लेखनीय सहभागिता थियो ।

भक्तपुर नगरपालिका–७ गोमारीको यातामा शुक्रबार र शनिबार दुई दिन दुई रात चलेको सम्मेलनमा भाषा तथा साहित्यसम्बन्धी विज्ञका मन्तव्य, साहित्यकार तथा कलाकारको सम्मान र समसामयिक सामाजिक विषयमा छलफलसमेत भएको थियो ।

साहित्यिक गतिविधि र सांस्कृतिक प्रस्तुतिलाई छुट्टाछुट्टै चरणमा सञ्चालन गर्ने परम्पराअनुसार दिउँसो साहित्यिक कार्यक्रम र साँझ सांस्कृतिक कार्यक्रम गरिएको थियो ।
दुई दिने सम्मेलनको साँंस्कृतिक गुरु एवं जेष्ठ नागरिक मोतीबहादुर खायमलीले उदघाटन गर्नु भएको थियो ।

यस वर्षको सम्मेलनमा समसामयिक राजनीतिक तथा सामाजिक विषय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रम र प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकका समस्यालाई साहित्यिक तथा सांस्कृतिक प्रस्तुतिमार्फत अभिव्यक्त गरिएकोे आयोजकले जनाएको छ ।

कार्यक्रममा विभिन्न राजनीतिज्ञ, कुटनीतिज्ञ, वकिल, लेखक, पत्रकार, साहित्कार, जलश्रोत विज्ञ, कानुनविद्लगायतले आआफनो विषयबारे विज्ञताबारे चर्चा गरेका थिए ।


प्रकाशित मिति: ९ कार्तिक २०८३, आईतवार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?