१९ असोज बागलुङ । सडक निर्माणका क्रममा माटोको ढिस्को खस्दा बागलुङमा दुई जना मजदुरको मृत्यु भएको छ ।
बागलुङको निसीखोला गाउँपालिका–३ बोहरागाउँमा सडक निर्माणका क्रममा ढिस्कोले पुरिएर २ जनाको मृत्यु भएको हो भने एक जना गम्भीर घाइते भएका छन् ।
घटनामा सल्यानका २८ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर गाईघाटका ३२ वर्षीय राजु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंले जानकारी दिए ।
सोमबार विहान ७ः३० बजे काप्रा–बोहरागाउँ–छापाखानी प्यूठान सडकखण्डमा सडक स्तरोन्नतिको काम चलिरहेका बेला माटोको ढिस्को खसेर तीन जना मजदुर पुरिएका थिए ।
पुरिएका अर्का मजदुर रोल्पाका कृष्ण घर्ती मगरलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल बुर्तिबाङ लगिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १९ आश्विन २०८३, सोमबार









