१४ कार्तिक २०८३ ,शुक्रबार

दसैँमा चंगा उडाउने सोचमा हुनुहुन्छ ?


१९ असोज, काठमाडौं । दसैँमा चंगा उडाउने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने पनि होस गर्नुहोस है । तपाईले उडाएको चंगाले उडिरहेको विमानलाई अवरोध पुर्याउन सक्छ नी !

यस्तै अवरोधलाई मध्यनजर गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा आसपासका क्षेत्रमा चंगा, बेलुन र ड्रोन नउडाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले सर्वसाधारणलाई आग्रह गरेको छ।

विमानस्थल कार्यालय गौचरले प्रेस विज्ञप्ति जारी गर्दै विमानस्थल तथा विमानको उडान–अवतरण मार्गमा चंगा, बेलुन तथा ड्रोनजस्ता वस्तु नउडाउन आग्रह गरेको हो । यस्ता सामाग्री उडाउँदा उडान सुरक्षामा गम्भीर चुनौती उत्पन्न हुन सक्ने जनाउँदै कार्यालयले सर्वसाधारणलाई सचेत गराएको हो।

दसैंको समय सुरु भएसँगै विमानस्थल तथा आसपासका क्षेत्रमा चंगा उडाउने गतिविधिमा उल्लेख्य वृद्धि हुने गरेको जनाउँदै चंगा, डोरी, धागो, बेलुन वा ड्रोन विमानस्थलमा जहाज उडान तथा अवतरण क्षेत्रमा प्रवेश गर्दा वायुयानको सुरक्षित उडान र अवतरणमा अवरोध पुग्नुका साथै उडान सुरक्षामा प्रतिकूल असर पर्न सक्ने भनेको छ।

विमानस्थल आसपास यस्ता गतिविधि सञ्चालन गर्न प्रचलित नागरिक उड्डयनसम्बन्धी कानुनले समेत निषेध गरेको कार्यालयले स्मरण गराएको छ । साथै कार्यालयले त्यस्ता कार्यका लागि प्रोत्साहन नगर्न पनि आग्रह गरेको छ ।


प्रकाशित मिति: १९ आश्विन २०८३, सोमबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?