भक्तपुरको सल्लाघारीस्थित राजर्षि गुरुकुलमा विद्यार्थीको प्रतिभा, सिर्जनशीलता र मनोरञ्जनलाई केन्द्रमा राख्दै आयोजित ‘समर स्प्लास–२०२६’ विविध सांस्कृतिक, सिर्जनात्मक तथा मनोरञ्जनात्मक गतिविधिका साथ भव्य रूपमा सम्पन्न भएको छ।
कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको कार्यक्रममा नृत्य, गायन, सांस्कृतिक प्रस्तुति, खेलकुद तथा विभिन्न सिर्जनात्मक गतिविधि सञ्चालन गरिएको थियो। विद्यार्थीहरूले वर्षभरि सिकेका ज्ञान, सीप तथा प्रतिभालाई विभिन्न प्रस्तुतीमार्फत प्रस्तुत गरेका थिए।
कार्यक्रमको मुख्य आकर्षण मिस नेपाल वर्ल्ड–२०२६ दीपमाला ढकालको विशेष उपस्थिति रह्यो। विद्यालयकी Director of Education दीपली गिरीले मिस नेपाल वर्ल्ड–२०२६ दीपमाला ढकाललाई सम्मान गर्नुभएको थियो। उहाँको उपस्थितिले विद्यार्थी तथा अभिभावकमा थप उत्साह र प्रेरणा प्रदान गरेको विद्यालयले जनाएको छ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत U-23 का प्रशिक्षक दीपक भुसालको समेत विशेष उपस्थिति रहेको थियो।
विद्यालयका चेयरम्यान राजेश चौधरीले शिक्षासँगै खेलकुद, कला, संस्कृति र व्यावहारिक सीपलाई समेत प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। उहाँले विद्यार्थीको समग्र विकासका लागि यस्ता अतिरिक्त क्रियाकलाप महत्वपूर्ण हुने बताउनुभयो।
विद्यालयका निर्देशक दिनेश भुसालले ‘समर स्प्लास’ विद्यार्थीहरूले वर्षभरि सिकेका ज्ञान तथा सीपलाई व्यवहारमा प्रस्तुत गर्ने महत्वपूर्ण अवसर भएको बताउनुभयो। यस्ता कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास, सिर्जनशीलता र सहकार्यको भावना विकास गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो।
कार्यक्रम संयोजक अङ्किता शर्मा कार्कीको संयोजनमा विभिन्न प्रस्तुति, खेल तथा सिर्जनात्मक गतिविधि सञ्चालन गरिएको थियो। कार्यक्रममा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूको सहभागिता सुनिश्चित गरिएको थियो।
विद्यालयको Robotics Lab का प्रविधिमूलक गतिविधिका साथै विभिन्न खेलका स्टलहरू पनि कार्यक्रमका विशेष आकर्षण बने। विद्यार्थीहरूले मनोरञ्जनसँगै नयाँ अनुभव र सिकाइसमेत हासिल गरेका थिए।
विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता, अभिभावकहरूको साथ र विद्यालय परिवारको सामूहिक प्रयासमा सम्पन्न ‘समर स्प्लास–२०२६’ले शिक्षा र मनोरञ्जनसँगै सिर्जना, सहभागिता, प्रतिभा प्रदर्शन तथा उत्सवको सन्देश दिएको छ।
प्रकाशित मिति: २२ आश्विन २०८३, बिहीबार









