१४ कार्तिक २०८३ ,शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना ४ विद्यार्थी सहित ५ जनाको मृत्यु


२३ असोज, काठमाडौ पोखरामा स्कुल बस दुर्घटना हुँदा ४ जना विद्यार्थी सहित ५ जनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् ।

कास्कीको पोखरा महानगरपालिका–२८ कालिकानस्थित ओख्लेको भिरमा कालिका इङ्ग्लिस बोर्डिङ स्कुलको ग.२ ख. १४१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको हो । बसमा सवार १९ जनाकै उद्धार गरी अस्पताल पठाइएकोमा उपचारका क्रममा ४ जना बालबालिका सहित ५ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । दुर्घटनामा ममता तिवारी र अशिम कंडेल रहेका छन् । मृतक अर्का एकजना पोखरा २८ बस्ने ६५ वर्षीय बाबुराम तिवारी रहेका छन् । तिवारीले बसमा लिफ्ट मागेका थिए । मृतक अन्यको नाम खुलेको छैन ।

घाइतेमध्ये ३ जनाको गण्डकी मेडिकल कलेज र ११ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उद्धारका क्रममा इलाका प्रहरी कार्यालय शिशुवामा कार्यरत प्रहरी जवान अर्जुन शाही सामान्य घाइते भएका छन् । उनको पश्चिम क्षेत्रीय गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।


प्रकाशित मिति: २३ आश्विन २०८३, शुक्रबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?