१४ कार्तिक २०८३ ,शुक्रबार

माछापोखरीमा दुई युवाबीच झगडा एकको मृत्यु


काठमाडौं । काठमाडौँको माछापोखरी चोकमा आपसी विवादका क्रममा झगडा हुँदा एक युवकको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

३१ गते राति करिब १२ बजे काठमाडौँ महानगरपालिका–१६ स्थित माछापोखरी चोकको सडकखण्डमा दुई युवकबीच विवाद भई झगडा भएको थियो। उक्त घटनामा नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ घर भई हाल तारकेश्वर नगरपालिका–९, मनमैजुमा बस्दै आएका २० वर्षीय सुवाश तामाङको मृत्यु भएको हो ।

आपसी विवाद कुटपिटमा परिणत हुँदा तामाङ लडेर अचेत भएका थिए। उनलाई तत्काल उपचारका लागि बालाजुस्थित सिल्भरलाइन अस्पताल लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मत घोषित गरेको प्रहरीले जनाएको छ ।
झगडामा संलग्न कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ घर भई हाल काठमाडौँको बल्खुमा बस्दै आएका २० वर्षीय अर्जुन ताम्राकारलाई प्रहरीले पक्राउ गरेको छ ।

 


प्रकाशित मिति: २ कार्तिक २०८३, आईतवार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?