१४ कार्तिक २०८३ ,शुक्रबार

कांग्रेसमा पदाधिकारी संख्या बढाउने निर्णय


१९ असोज काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पदाधिकारीको संख्या बढाउने निर्णय गरेको छ। सोमबार खुलामञ्चमा बसेको केन्द्रीय समिति बैठकले उपसभापति र महामन्त्रीको संख्या बढाएर तीन–तीन जना पुर्‍याउने निर्णय गरेको हो।

हाल कांग्रेसको विधानमा दुई जना उपसभापति र दुई जना महामन्त्री रहने व्यवस्था छ। विधान संशोधन गर्दै दुवै पदमा एक–एक जना थप गर्ने निर्णय बैठकले गरेको हो। केन्द्रीय समितिको यो निर्णय महाधिवेशनको जारी बन्दसत्रबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ।

त्यस्तै, कांग्रेसमा सहमहामन्त्रीको संख्या पनि बढाएर १५ जना पुर्‍याइने भएको छ। सोमबारको केन्द्रीय समिति बैठकले चार जना महिला मनोनीतसहित १५ जना सहमहामन्त्री रहने व्यवस्था गर्ने निर्णय गरेको हो।

यसअघि कांग्रेसमा आठ जना सहमहामन्त्री रहने व्यवस्था थियो। सहमहामन्त्रीको संख्या बढाउने निर्णय पनि महाधिवेशनको बन्दसत्रबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ।


प्रकाशित मिति: १९ आश्विन २०८३, सोमबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?