२१ असोज भक्तपुर । मध्यपुर प्याब्सनले नेपाली हिज्जे प्रतियोगिता तयारी तथा कार्यशाला गोष्ठी आयोजना गरेको छ ।
युनिक नेपाल एकेडेमी लोकन्थलीमा आयोजित उक्त गोष्ठीमा मध्यपुर प्याब्सन अन्तगर्तका ३१ वटा विद्यालयका ३८ जना शिक्षक शिक्षिकाहरुको सहभागिता थियो । नेपाली विषय विज्ञ धर्म पोखरेलले सहभागि शिक्षक शिक्षिककाहरुलाई प्रशिक्षण दिनु भएको थियो ।
प्याब्सनका केन्द्रिय कोषाध्यक्ष गणेशबाबु पोखरेलको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको कार्यक्रममा केन्द्रिय प्याब्सनका सचिव चन्द्र अधिकारी, जिल्ला प्याब्सन भक्तपुरका उपाध्यक्ष विजय कर्मचार्यको पनि उपस्थिति रहेको मध्यपुर प्याब्सनका सदस्य तथा कार्यक्रम संयोजक दिनेश पाण्डेले जानकारी दिनुभयो ।
सहभागि शिक्षक शिक्षिकाहरुलाई प्याब्सन जिल्ला कार्य समिति भक्तपुरका वरिष्ठ उपाध्यक्ष तथा समापन कार्यक्रमका प्रमुख अतिथि निलेश आचार्यले प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।
मध्यपुर प्याब्सनका अध्यक्ष सुमन बस्नेतको सभापतित्वमा नेपाली हिज्जे प्रतियोगिता तयारी तथा कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।
प्रकाशित मिति: २१ आश्विन २०८३, बुधबार









