१५ कार्तिक २०८३ ,शनिबार

काठमाडौंका ६ स्थानमा ग्यास बिक्रि तथा साटफेरको व्यवस्था मिलाइँदै


२२ असोज, काठमाडौं । लामो समयदेखि ग्यासको समस्या भोग्दै आएका उपभोक्ताले आइतबारदेखि केहि राहत पाउने भएका छन् ।

नेपाल एलपी ग्यास उद्योग संघले आइतबार अर्थात असोज २५ गतेदेखि काठमाडौँ उपत्यकाका ६ स्थानबाट ग्यास बिक्रि तथा साटफेर गर्ने व्यवस्था मिलाउन लागेको हो ।

आफ्नो पायकको स्थानमा पुगेर उपभोक्ताले ग्यास खरिद तथा साटफेर गर्न पाउने भएपछि केहि भए पनि राहत हुने भएको हो । संघले २५ गतेदेखि असोज ३१ ग्तेसम्म हरेक दिन विहान ९ः३० बजेदेखि अपरान्ह ४स्३० बजेसम्म उपत्यकाका विभिन्न ६ स्थानबाट ग्यास बिक्रि तथा साटफेरको व्यवस्था मिलाएको हो ।

संघले तोकेका ती ६ वटा विशेष बिक्री केन्द्रहरूमा फरक(फरक ब्रान्डका ग्यासहरू उपलब्ध हुनेछन् । जसअन्तर्गत काठमाडौंको सिफलचौरस्थित ग्यास एन्ड अक्सिजन ट्रेडर्समा एभरेष्ट र सुगम ग्यास, पेप्सीकोलामा सगर ग्यास, र बालाजु औद्योगिक क्षेत्रको गेट अगाडि नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यासको बिक्री तथा साटफेर हुनेछ ।

यसैगरी सुकेधारामा बाबा र श्री ग्यास, कलंकीमा साइबाबा र श्रीकृष्ण ग्यास तथा ललितपुरको हरिसिद्धिमा श्रीराम ग्यास उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।

उपभोक्ताले आफ्नो सहजताका लागि ती केन्द्रहरूमा फोनमार्फत पनि सम्पर्क गर्न सक्नेछन् ।


प्रकाशित मिति: २३ आश्विन २०८३, शुक्रबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?