१५ कार्तिक २०८३ ,शनिबार

राज्यको संवेदनशिल सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो: गृहमन्त्री गुरुङ


२० असोज काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गोप्य तथा संवेदशील सूचना चुहाउने जो कोहिलाई कारबाही हुने बताएका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत चेतावनी दिँदै गृहमन्त्री गुरुङले राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र सङ्गठन माथि विश्वासघात गर्ने कसैले पनि उन्मिुक्ति नपाउने र कानुनको कठघरामा ल्याइने स्पष्ट पारेका हुन् । उनले आफ्नो स्टाटसमा लेखेका छन्, राज्यको संवेदनशिल सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो।

संवेदनशील सूचना चुहावट गरेको आरोपमा सोमबार सरकारले सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई पदबाट निलम्बन गरेको थियो । दाहालले पदीय आचारणविरुद्धका कार्य गरेको र संवेदनशील सूचना चुहावट गरेको आरोप गृह मन्त्रालयको छ ।


प्रकाशित मिति: २० आश्विन २०८३, मंगलवार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?