काठमाडौं । दृष्टिविहीन, न्यूनदृष्टि तथा श्रवण अपाङ्गता भएका बालबालिकाको जीवनमा शिक्षा, आत्मविश्वास, आत्मनिर्भरता र अवसरको उज्यालो थप्ने उद्देश्यसहित बीपी नेत्र प्रतिष्ठान, (Hospital for Children, Eye, ENT and Rehabilitation Services –CHEERS) अन्तर्गत सञ्चालित पुनस्र्थापना सेवाबाट लाभान्वित बालबालिकाको ३८औ दीक्षान्त समारोह सम्पन्न भएको छ।
दीक्षान्त समारोहमा कालो गाउन, टोपी र आकर्षक दीक्षान्त पोशाकमा सजिएका बालबालिकाहरू हातमा प्रमाणपत्र बोकेर उभिँदा सभाहल भावुक र गौरवमय बनेको थियो। कसैले प्रमाणपत्रलाई छातीमा टाँसेर मुस्कुराइरहेका थिए, कसैले आफ्ना अभिभावकतर्फ हेर्दै खुसी साटिरहेका थिए भने कसैका लागि त्यो क्षण आफ्नो जीवनको नयाँ अध्याय सुरु भएको अनुभूति थियो।
यी बालबालिकामध्ये दृष्टिविहीन तथा न्यूनदृष्टि भएका बालबालिकासँगै श्रवण समस्या तथा श्रवण अपाङ्गता भएका बालबालिका पनि छन्, जसका लागि पुनस्र्थापना सेवाले उनीहरूको आवश्यकता र क्षमताअनुसार सहयोग, सीप विकास, शैक्षिक तयारी र आत्मनिर्भरतातर्फको यात्रा सहज बनाउँदै आएको छ।

दृष्टि कमजोर भयो, आवाज सुन्न कठिन भयो—तर सपना कमजोर भएन
बालबालिकाको जीवनमा दृष्टि वा श्रवणसम्बन्धी कठिनाइ आउँदा परिवारका लागि त्यो निकै चुनौतीपूर्ण अवस्था बन्न सक्छ। तर उचित समयमा पहिचान, उपचार, पुनस्र्थापना, परामर्श र शैक्षिक सहयोग पाउने हो भने बालबालिकाको भविष्य रोकिनुपर्दैन।
CHEERS को पुनस्र्थापना सेवाको मूल उद्देश्य नै यही हो, अवरोधलाई अवसरमा बदल्नु।
दृष्टिविहीन तथा न्यूनदृष्टि भएका बालबालिकालाई दैनिक जीवनका आवश्यक सीप, शैक्षिक तयारी र आत्मनिर्भरताका लागि सहयोग गरिन्छ भने श्रवण समस्या भएका बालबालिकालाई पनि उनीहरूको आवश्यकताअनुसार श्रवण तथा सञ्चारसम्बन्धी सहयोग, पुनस्र्थापना र शिक्षातर्फ अघि बढ्न आवश्यक आधार प्रदान गरिँदै आएको छ।
कसैका लागि संसार उज्यालो देखिँदैन होला, कसैका लागि संसारका आवाजहरू स्पष्ट सुनिँदैनन् होला तर उनीहरूको सपना भने स्पष्ट छ।
र यही सपना पूरा गर्ने यात्रामा CHEERS एउटा महत्वपूर्ण आधार बनेको छ।

“मेरो जीवनको सुरुवात नै यहीँबाट भएको हो”
पुनस्र्थापना सेवाबाट लाभान्वित बालबालिकाको अनुभवले यो सेवाको वास्तविक प्रभाव देखाउँछ। कुनै बालबालिकाका लागि पहिलोपटक अक्षर चिन्न सिक्नु, आफ्नै दैनिक काम गर्न सक्नु, विद्यालय जाने आत्मविश्वास प्राप्त गर्नु वा अरूसँग सञ्चार गर्न सक्नु
समारोहलाई सम्बोधन गर्दै बीपी नेत्र प्रतिष्ठानका अध्यक्ष प्रो. डा. पूर्णचन्द्र कर्माचार्यले पुनस्र्थापना सेवाबाट बालबालिका र परिवारमा आएको परिवर्तनलाई संस्थाको महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गर्नुभयो।
उहाँले भन्नुभयो— “हामीले हालसम्म ४१९ परिवारमा आशा पुनःस्थापित गर्न सकेका छौँ। ४१९ जना बालबालिकाको जीवनको सुनौलो ढोका खोल्न सफल भएका छौँ। तर यतिमै हाम्रो यात्रा सकिएको छैन। हामीले अझै धेरै गर्नुछ।”
उहाँका अनुसार एउटा बालबालिकाको जीवनमा आएको परिवर्तन केवल त्यो बालबालिकामा सीमित हुँदैन। त्यसले उसको परिवार, विद्यालय र समुदायसम्म सकारात्मक प्रभाव पार्छ।
एउटा बालबालिका आत्मनिर्भर बन्दा, विद्यालय पुग्दा एउटा परिवारको सपना पूरा हुन थाल्छ र एउटा बालबालिकाले आफ्नो क्षमता पहिचान गर्दा समाजले एउटा नयाँ सम्भावना पाउँछ।
आशाको उज्यालो—Hope Of Light
बीपी नेत्र प्रतिष्ठान CHEERS को पुनस्र्थापना सेवाले उपचारपछि पनि बालबालिकाको जीवनलाई निरन्तर अघि बढाउने आधार निर्माण गरिरहेको छ।
किनकि उज्यालो केवल आँखाले देख्ने कुरा होइन।
आशा पनि उज्यालो हो।
आत्मविश्वास पनि उज्यालो हो।
शिक्षा पनि उज्यालो हो।
आत्मनिर्भरता पनि उज्यालो हो।
र अवसर पाउनु पनि उज्यालो हो।
दृष्टिविहीन बालबालिकाका लागि स्पर्श र ज्ञानले संसार चिनाउने बाटो बन्न सक्छ।
न्यूनदृष्टि भएका बालबालिकाका लागि उचित सहयोगले सम्भावनाको दायरा फराकिलो बनाउन सक्छ।
श्रवण अपाङ्गता भएका बालबालिकाका लागि सञ्चार र शिक्षा जीवनसँग जोडिने पुल बन्न सक्छ।
त्यसैले CHEERS को यात्रा केवल उपचारको यात्रा होइन, जीवनलाई सम्भावनासँग जोड्ने यात्रा हो।
Towards Inclusive Society
बीपी नेत्र प्रतिष्ठानको दीर्घकालीन सोच “Towards Inclusive Society” — समावेशी समाजतर्फ केन्द्रित छ।
समावेशी समाज त्यतिबेला मात्र निर्माण हुन्छ, जब हरेक बालबालिकाले आफ्नो क्षमताअनुसार शिक्षा, स्वास्थ्य, पुनस्र्थापना, सम्मान र अवसर प्राप्त गर्न सक्छ।
दृष्टि नहुँदैमा सपना रोकिँदैन।
कम देख्दैमा क्षमता कम हुँदैन।
सुन्न कठिन हुँदैमा भविष्य मौन हुँदैन।
अवसर पाएपछि हरेक बालबालिकाले आफ्नो सम्भावनाको कथा लेख्न सक्छ।
दीक्षान्त—अन्त्य होइन, नयाँ सुरुवात
आज प्रमाणपत्र हातमा बोकेर उभिएका यी बालबालिकाका लागि यो समारोह एउटा यात्राको अन्त्य होइन।
यो नयाँ यात्राको सुरुवात हो।अब उनीहरू विद्यालयतर्फ अघि बढ्नेछन्। नयाँ कुरा सिक्नेछन्। आफ्ना सपनाहरू पछ्याउनेछन्। समाजमा आफ्नो स्थान बनाउनेछन्।
र उनीहरूलाई हेरेर परिवारले पनि भन्नेछ— “हाम्रो बच्चाले सक्छ।” यही विश्वास पुनस्र्थापित गर्नु नै पुनस्र्थापनाको सबैभन्दा ठूलो उपलब्धि हो।
४१९ बालबालिकाको यात्राले आज एउटा सन्देश दिएको छ, हामीलाई दया होइन, अवसर चाहिन्छ।
हामीलाई सीमितता होइन, सम्भावना देखाइदिनुहोस्।
बीपी नेत्र प्रतिष्ठान ऋज्भ्भ्च्क् को पुनस्र्थापना सेवाले यही सम्भावनाको ढोका खोल्दै आएको छ।
अझै धेरै बालबालिकासम्म पुग्न बाँकी छ।
अझै धेरै परिवारमा आशा जगाउन बाँकी छ।
अझै धेरै जीवनका सुनौला ढोका खोल्न बाँकी छ।
हाम्रो यात्रा निरन्तर छ।
यो केवल दीक्षान्त समारोह होइन—
यो आशाको उत्सव हो।
यो सम्भावनाको उत्सव हो।
यो बालबालिकाको आत्मनिर्भरताको उत्सव हो।
संस्थाका Public Relation Coordinator सचिन श्रेष्ठका अनुसार, दृष्टिविहीन, न्यूनदृष्टि तथा श्रवण अपाङ्गता भएका बालबालिकाको जीवनमा शिक्षा, पुनस्र्थापना, आत्मनिर्भरता र समान अवसर सुनिश्चित गर्नु ऋज्भ्भ्च्क् को प्रमुख उद्देश्य हो। उहाँका अनुसार पुनस्र्थापना सेवा केवल उपचारमा सीमित नभई बालबालिकालाई विद्यालय, परिवार र समाजको मूलधारमा आत्मविश्वासका साथ जोड्ने महत्वपूर्ण माध्यम बनेको छ।
प्रकाशित मिति: १९ आश्विन २०८३, सोमबार









