१५ कार्तिक २०८३ ,शनिबार

नेपाल कल्चरल आर्ट थिएटरद्वारा आयोजित ‘फ्रेण्डसिप डान्स च्याम्प–२०८३’ सम्पन्न


 

नेपाल कल्चरल आर्ट थिएटरद्वारा आयोजित ‘फ्रेण्डसिप डान्स च्याम्प–२०८३’ सम्पन्न भएको छ। असोज २३ गते सम्पन्न प्रतियोगितामा जुनियर, मिडल, सिनियर र योङ गरी चार विधामा प्रतिस्पर्धा भएको थियो।

प्रतियोगिताको जुनियर विधातर्फ सुवेक्षा तामाङ प्रथम, ऊर्जा कार्की द्वितीय र सुविक कार्की तृतीय हुन सफल भए।

त्यस्तै, मिडल विधातर्फ ओडेलिया राई प्रथम, कविता मगर द्वितीय र सुसोमा गौतम तृतीय भए।

सिनियर विधातर्फ प्रगति थापा प्रथम, वर्षा घिसिङ द्वितीय र क्रेडिना नाछिरिङ राई तृतीय भए।

त्यसैगरी, योङ विधातर्फ सुबास्ना घलान प्रथम, प्रकृति गोले द्वितीय र सुजता बराइली तृतीय हुन सफल भए।

नेपाल कल्चरल आर्ट थिएटरका अध्यक्ष एवं फ्रेण्डसिप डान्स सेन्टरका प्रबन्ध निर्देशक बाबु सेञ्चुरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि, नृत्य निर्देशक, कलाकार, प्रशिक्षक, अभिभावक तथा नृत्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा नृत्य निर्देशक संघ नेपालका केन्द्रीय उपाध्यक्ष केशव कोइराला, निवर्तमान केन्द्रीय सदस्य बुद्ध लामा, सहकोषाध्यक्ष चुडामणि फुयाल, केन्द्रीय सदस्य छिरिङ लामा तथा नृत्य निर्देशक संघ नेपाल, नागार्जुन नगर कमिटीका अध्यक्ष राज श्रेष्ठलगायत अग्रज व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

प्रतियोगिताको निर्णायकका रूपमा नृत्य निर्देशक संघ नेपाल, गोकर्णेश्वर नगर कमिटीका अध्यक्ष अभिषेक वाग्ले तथा नृत्य निर्देशक एवं कलाकार पारस बस्ताकोटीले भूमिका निर्वाह गरेका थिए।

प्रतियोगीहरूलाई सरोज श्रेष्ठ, सन्देश तामाङ, अनुषा पौडेल, दीपेश मोक्तान र कृति सुनुवारले नृत्य प्रशिक्षण दिनुभएको थियो।

कार्यक्रममा संस्थालाई निरन्तर साथ र मार्गदर्शन प्रदान गर्दै आउनुभएका शशी लामा तथा संस्थाको स्थापनाकालदेखि नै साथ दिँदै आउनुभएकी याङ्जी शेर्पालाई सम्मान गरिएको थियो।

प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न नृत्य निर्देशक संघ नेपालका केन्द्रीय सदस्य तथा एलएमबी मिडिया ग्रुप प्रा.लि.का प्रबन्ध निर्देशक देवराज गुरुङ, शिवहरि पुरीलगायतले महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको थियो।

प्रतियोगिताले बालबालिका तथा युवाको नृत्य प्रतिभा उजागर गर्नुका साथै उनीहरूमा आत्मविश्वास, सिर्जनशीलता र नृत्यप्रतिको आकर्षण अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको अध्यक्ष बाबु सेञ्चुरीले बताउनुभयो।


प्रकाशित मिति: २७ आश्विन २०८३, मंगलवार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?