२४ असोज, भक्तपुर । क्रियाशिल पत्रकार मञ्च भक्तपुरले आफ्नो १६ औँ वार्षिक उसाधारण सभा तथा छैठौँ केन्द्रीय अधिवेशनको अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।
शनिबार सम्पन्न मञ्चको साधारणसभामा भक्तपुरमा रहि पत्रकारितामा क्रियाशिल रहेका पत्रकार तथा पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारलाई नगद रु ५ हजार सहित स्वर्गीय लक्ष्मी माया काशिछुवा क्रियाशिल पत्रकारिता पुरस्कारबाट सम्मान गरेको हो ।
त्यस्तै मञ्चले रसुवा भोटेकोशी बाढीमा वेपत्ता भएका पत्रकार टेकराज थामीलाई मरणोपरान्त क्रियाशिल पत्रकारिता पुरस्कारद्वारा सम्मान प्रदान गरेको हो । थामी नयाँ पत्रिका दैनिकमा कार्यरत हुनुहुन्थ्यो ।
यसैगरी कार्यक्रममा बागमती प्रदेशका मुख्य मन्त्री किरण थापा मगर, सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापा र बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव सुमित्रा गौतमलाई पनि सम्मान गरिएको छ ।
प्रकाशित मिति: २४ आश्विन २०८३, शनिबार









