१४ कार्तिक २०८३ ,शुक्रबार

स्वतन्त्रता दिवसमा रमाइलो गर्न २३ हात्तीको हत्या


२१ असोज काठमाडौं। दक्षिणी अफ्रिकामा अवस्थित देश बोत्सावानामा देशको स्वतन्त्रता दिवस मनाउन हात्तीको वध गरिएको छ ।

उक्त घटनाको हाल पशु अधिकारकर्मीहरुले चौतर्फि विरोध गरिरहेका छन् । एक साता मनाइएको स्वतन्त्रता दिवसका दौरान देशमा उत्सव मनाउने क्रममा उपभोगका लागि मासु अपर्याप्त नहोस भन्ने हेतुले त्यहाँ २३ वटा हात्तीको वध गरिएको थियो ।

हात्ती मार्नको लागि र अन्य जंगली जनावरको सिकारका लागि त्यहाँको पर्यावरण तथा पर्यटन मन्त्रालयले लाइसेन्स समेत जारी गरेको बीबीसीमा उल्लेख गरिएको छ ।

बोत्स्वानाका एलिफेन्ट प्रोटेक्स्न सोसाइटीले हात्तीको हत्या गर्ने निर्णयले हात्ती संरक्षणको अभ्यासमा हानी पुग्न सक्ने बताएको छ । गत हप्ता बोत्सावानाले ६० औँ स्वतन्त्रता दिवस मनाएको थियो ।

विश्वामा सबै भन्दा धेरै हात्तीको संख्या (१ लाख ३० हजार ) रहेको देश बोत्स्वाना हो ।


प्रकाशित मिति: २१ आश्विन २०८३, बुधबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?