१४ कार्तिक २०८३ ,शुक्रबार

मन्त्रिपरिषद् बैठकले गरेका निर्णय के के हुन् ?


१९ असोज काठमाडौं । सरकारले स्वच्छ उर्जा रुपान्तरणलाई प्रवद्र्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड नेपाली रुपैयाँ बराबरको अनुदान सहायता स्विकृत गर्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवद्र्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड नेपाली रुपैयाँ बराबरको अनुदान सहायता प्राप्त गर्न स्वीकृति दिने निर्णय गरेको शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

त्यस्तै बैठकले नेपाल इन्जिनियरिङ सेवा गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति (दोस्रो संशोधन) नियमहरू, २०८३ स्वीकृत गर्ने तथा वैकल्पिक विकास वित्त परिचालन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय पनि गरेको छ । मन्त्री पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्दै जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने/नसकिने सम्बन्धमा छानबिन गरी सिफारिस गर्न पूर्व न्यायाधीश श्री बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेस गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गर्न गृह मन्त्रालयमा पठाउने निर्णय भएको पनि जानकारी दिए ।

यसैगरी सह–सचिव पदमकुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समूहतर्फको सचिव पदमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने निर्णय पनि भएको मन्त्री पोखरेलले बताए ।


प्रकाशित मिति: १९ आश्विन २०८३, सोमबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?