२१ असोज भक्तपुर। सूर्यविनायक नगरपाकिले रेविज रोग विरुद्ध विद्यालय शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
विश्व रेबिज रोग विरुद्धको दिवस २०२६ को अवसरमा सूर्यविनायक नगरपालिकाले नगर भित्रका सामुदायिक विद्यालयहरुमा सप्ताहव्यापी सचेतनामूलक कार्यक्रम आयोजना गरेको हो ।
एकतामा शक्ति रेबिजबाट मुक्ति भन्ने मुल नारा सहित नगरपालिकाको पशुपंक्षी विकास उपशाखाले सामुदायिक विद्यालयहरु सचेतनामूलक कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो । सप्ताहव्यापी कार्यक्रममा विद्यार्थीहरुलाई रेबिज रोग सार्न सक्ने जनावर। रेबिज रोग लागेका जनावर चिन्ने तरिका र बच्ने उपायहरुबारे जानकारी दिइएको थियो । कार्यक्रमका दौरान विद्यार्थीहरुले रेबिज बारे आधारभुत जानकारी प्राप्त भएको भन्दै खुशी व्यक्त गरेका थिए ।
प्रकाशित मिति: २१ आश्विन २०८३, बुधबार









