२१ असोज काठमाडौं । दाङमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
बुधबार बिहान तुलसीपुर उपमहानगरपालिका–७ मा लक्ष्य एकेडेमीको लु.प्र.०२–००१ क ०००४ नम्बरकोे बसले ठक्कर दिँदा २ वर्षे आयान नेपालीको मृत्यु भएको हो ।
गैरापातु झोलुङ्गे पुलस्थित सडकमा बसले ठक्कर दिँदा शल्यानको शारदा नगरपालिका २ का पप्पु नेपालीका छोरा आयान घाइते भएका थिए । घाइते भएका बालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना लगत्तै बसका चालकलाई पक्राउ गरिएको छ ।
प्रकाशित मिति: २१ आश्विन २०८३, बुधबार









