१४ कार्तिक २०८३ ,शुक्रबार

सप्तकोशीमा जेटबोट दुर्घटना, ३ जनाको मृत्यु


काठमाडौं । सप्तकोशी नदीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।

भोजपुरबाट चतरातर्फ आउँदै गरेको जेटबोट दुर्घटनामा एक बालिका, एक महिला र एक पुरुषको मृत्यु भएको हो । मृतकहरुको पहिचान खुलेको छैन ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख नारायण रञ्जितकारका अनुसार अरुण र दूधकोशी नदीको त्रिवेणी क्षेत्रनजिकै जेटबोटको इन्जिन फेल भएपछि जेटबोट दुर्घटनामा परेको हो ।

दुर्घटनाग्रस्त जेटबोटमा १६ जना सवार रहेकोमा पाँच जना सकुशल रहेको प्रहरीले जनाएको छ । घाइते एकजनाको चतरा अस्पतालमा उपचार भइरहेको छ।

 


प्रकाशित मिति: ९ कार्तिक २०८३, आईतवार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?