१५ कार्तिक २०८३ ,शनिबार

“संस्कृति र परम्परा भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने पहिचान हो” मुख्यमन्त्री थापा


भक्तपुर । बागमती प्रदेशका मुख्य मन्त्री किरण थापाले प्रदेशका सम्पूर्ण मौलिक भाषाहरुको संरक्षण, संवद्र्धन र व्यवहारिक प्रयोगलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

मुख्य मन्त्री थापाले भाषा ऐन अनुसार आवश्यक नियमावली तथा कार्यविधिको निर्माणको प्रकृया अघि बढाउने बताउनुभएको हो । काठमाडौंस्थित नेपालभाषा मंकाः खलःको कार्यालय निरीक्षण तथा सरोकारवाला व्यक्तित्वहरूसँग छलफलका क्रममा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो ।

उहाँले नेपाल भाषा, कला, संस्कृति र मौलिक पहिचानको संरक्षण एवं प्रवद्र्धनका विषयमा महत्त्वपूर्ण छलफल गर्ने अवसर प्राप्त भएको उल्लेख गर्नुभयो ।

हाम्रा भाषा, लिपि, कला संस्कृति र परम्परा विगतका सम्पदा मात्र नभइ भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने पहिचान भएको उहाँको भनाई थियो । उहाँले भन्नुभयो, “हाम्रा भाषा, लिपि, कला, संस्कृति र परम्परा केवल विगतका सम्पदा मात्र होइनन्, भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने अमूल्य पहिचान पनि हुन्। यिनको संरक्षण, प्रवद्र्धन र पुस्तान्तरणका लागि बागमती प्रदेश सरकार प्रतिबद्ध छ।”


प्रकाशित मिति: ८ कार्तिक २०८३, शनिबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?