१४ कार्तिक २०८३ ,शुक्रबार

ढुङ्गा प्रहारबाट बालकको मृत्यु


काठमाडौं । रुकुम पश्चिम, बाफिकोट गाउँपालिका–२ स्वारामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ।

सोहि ठाउँ बस्ने मानसिक अवस्था ठीक नभएका ३३ वर्षीय भक्तबहादुर नाथले ढुङ्गाले टाउकोमा प्रहार गर्दा बल बहादुर नाथका ६ वर्षीय छोरा रमेश नाथको मृत्यु भएको हो ।

ढुङ्गा प्रहारबाट बालकको अवस्था गम्भीर भएपछि उपचारका लागि स्वास्थ्य चौकी पिपल, रुकुम पश्चिम लगिएको थियो। सामान्इ उपचार पछि जिल्ला अस्पताल सल्ले पुर्याइएक रमेशको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ढुङ्गा प्रहार गर्ने भक्त बहादुर नाथलाई प्रहरीले नियन्त्रणमा लिइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।


प्रकाशित मिति: ८ कार्तिक २०८३, शनिबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?