भक्तपुर भक्तपुरमा ‘रोटरी पुस्तक प्रदर्शनी २०८३’ आयोजना हुने भएको छ।
पठन संस्कृतिको प्रवर्द्धन तथा बालबालिका एवं विद्यार्थीहरूमा अध्ययन बानीको विकास गर्ने उद्देश्यका साथ रोटरी क्लब अफ भक्तपुरको आयोजनामा आगामी कार्तिक १२ गतेदेखि १४ गतेसम्म तीन दिन उक्त पुस्तक मेला सञ्चालन हुन लागेको हो।
भक्तपुर दरबार स्क्वायरस्थित विद्यार्थी निकेतन माध्यमिक विद्यालयको प्राङ्गणमा हुने उक्त प्रदर्शनी प्रत्येक दिन बिहान १०:०० बजेदेखि साँझ ६:०० बजेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।
प्रदर्शनीमा विभिन्न विधा तथा भाषाका पुस्तकहरूको वृहत स्टल रहनुका साथै पुस्तक विमोचन, साहित्य वाचन, कला प्रतियोगिता, अन्तरक्रिया तथा परम्परागत नेवारी परिकारका स्वादिला स्टलहरू समावेश गरिनेछ। विभिन्न विद्यालय, कलेज, पुस्तकालय तथा साहित्यकारहरूको सक्रिय सहभागितामा यसलाई शैक्षिक तथा सांस्कृतिक मेलाका रूपमा अघि बढाइने बताइएको छ।

प्रकाशित मिति: ८ कार्तिक २०८३, शनिबार









