काठमाडौं । नेपालीहरुको महान पर्व विजया दशमी सुरु भइसकेको छ । हर्ष र उल्लासका साथ दशैँ मनाउन सबैजना आफ्नो परिवारसँग भेला भइसकेका छन् । दशैँ मनाउने क्रममा आफ्नो नजिकको देवीको मन्दिरमा पूजा अर्चनाका लागि पुग्नेहरुको भिड पनि बाक्लै छ ।
काठमाडौँ उपत्यकामा रहेका मन्दिरहरुमा पनि अहिले भक्तजनहरुको घुइँचो छ। काठमाडौँको मैतीदेवी मन्दिर तिनै मध्यको एक हो जहाँ झिलीमिली बत्तिले मन्दिर श्रृंगारिएको छ र त्यहि झिलीमिलिी हेर्न, फोटो खिच्न, भिडियो बनाउन र देवीको दर्शन गर्न सयौँ भक्तजनको भिड लाग्ने गर्छ मैतीदेवी मन्दिरमा ।


प्रकाशित मिति: १ कार्तिक २०८३, शनिबार









