१४ कार्तिक २०८३ ,शुक्रबार

अन्तर वडास्तरीय फुटबल प्रतियोगितामा वडा नं १० र ९ बीच प्रतिस्पर्धा हुने


२८ असोज भक्तपुर सूर्यविनायक अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको फाइनल समिकरण पुरा भएको छ ।

नगर खेलकुद विकास समितिको आयोजनामा संचालन भइरहेको प्रतियोगिताको उपाधिका लागि वडा नं १० र वडा नं ९ बिच प्रतिस्पर्धा हुने भएको छ ।

बुधबार भएको सेमिफाइनलमा वडा नं १० ले वडा नं ८ लाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । त्यस्तै बुधबार नै भएको दोस्रो सेमिफाइनल खेलमा वडा नं ४ लाई पराजित गर्दै वडा नं ९ ले वडा नं १० सँगको फाइनल भेट पक्का गरेको हो ।

फाइनल खेल ३० गते शुक्रबार हुनेछ । त्यस्तै तेस्रो स्थानका लागि वडा नं ८ र ४ बिच प्रतिस्पर्धा हुने भएको छ ।

प्रतियोगिताको विजेताले नगद रु १ लाख रुपैयाँ, दोस्रो हुनेले ५० हजार रुपैयाँ, तेस्रो हुनेले २५ हजार रुपैयाँ र चौथो हुनेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।


प्रकाशित मिति: २८ आश्विन २०८३, बुधबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?