२७ असोज भक्तपुर सूर्यविनायक अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको तेस्रो दिनको खेलमा वडा नम्बर ८ र वडा नं ९ ले जित हासिल गरेका छन् ।
मंगलबार भएको पहिलो खेलमा वडा नं ८ ले वडा नं ३ लाई पराजित गरेको हो । वडा नं ८ ले ६ –२ अन्तरले जित हात पार्दै अर्को चरण प्रवेश गर्न सफल भयो ।
त्यस्तै मंगलबारनै भएको दोस्रो खेलमा वडा नं ९ ले वडा नं ६ लाई पराजित गर्यो । वडा नं ९ ले वडा नं ६ लाई एकका विरुद्ध ८ गोलले पराजित गरेको हो ।
प्रतियोगिता अन्तर्गत चौथो दिनको खेलमा वडा नं ८ ले वडा नं १० सँग प्रतिस्पर्धा गर्नेछ भने वडा नं ९ ले वडा नं ४ सँग प्रतिस्पर्धा गर्नेछ । वडा नं १० ले सोमबार वडा नं १ लाई १९ गोलले पराजित गरेको थियो भने वडा नं ४ ले वडा नं ५ लाई पराजित गरेको थियो ।
प्रकाशित मिति: २७ आश्विन २०८३, मंगलवार









