२६ असोज भक्तपुर सूर्यविनायक नगरपालिकाको वडा नं ४ सूर्यविनायक अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ ।
सोमबार भएको दोस्रो खेलमा वडा नं ४ ले वडा नं ५ लाई पराजित गर्दै सेमिफाइनल पुगेको हो । खेलको सुरुवातमै एक गोलको अग्रता लिएको वडा नं ५ ले त्यसलाई टिकाइ राख्न सकेन ।
दोस्रो हाफ अत्यन्तै प्रतिस्पर्धात्मक भएको खेलमा निर्धारित समय अवधिमा २–२ को बराबरी भएपछि अतिरिक्त समय थप गरिएको थियो । थप गरिएको समयमा पनि दुबै तर्फबाट गोल हुन सकेन र खेल २–२ कै बराबरीमा रोकिएपछि पेनाल्टिबाट खेलको निर्णय गरिएको थियो । पेनाल्टिमा वडा नम्बर ४ ले वडा नम्बर ५ लाई ३–१ ले पराजित गरेको हो ।
सोमबार नै भएको पहिलो खेलमा वडा नं १० ले वडा नं १ लाई शून्यका विरुद्ध १९ गोलले पराजित गरेको हो ।
प्रकाशित मिति: २६ आश्विन २०८३, सोमबार









