२४ असोज, भक्तपुर । सूर्यविनायक नगर आयोजना गरेको नगरस्तरीय धिमे बाजा प्रतियोगिता २०८३ को विजेता सूर्यविनायक नगरपालिका वडा नं १ हुन सफल भएको छ ।
नगर भित्रका १३ वटा धिमे बजा टोली सहभागी रहेको प्रतियोगितामा वडा नं १ को नासः धिमे खलःले प्रथम स्थान हासिल गर्दै नगद रु ७५ हजार रुपैयाँ प्राप्त गर्न सफल भयो ।
त्यसैगरी प्रतियोगितामा दोस्रो स्थान पनि सूर्यविनायक १ कै लुनिभा धिमे बाजा खलः हुन सफल भयो । उक्त टोलीले ५० हजार नगद पुरस्कार सहित प्रमाण प्रत्र तथा ट्रफी प्राप्त गरेको छ ।
प्रतियोगितामा वडा नं १० को सिमलटार बाजा खलले तेस्रो स्थान प्राप्त गर्न सफल भयो । सिमलटारले नगद रु २५ हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भयो ।
सुर्यविनायक नगरपालिका–८ स्थित गणेश मन्दिर क्षेत्रमा आयोजित प्रतियोगितामा सहभागि सबैलाई प्रतिस्पर्धि धिमे बाजा टोलीलाई आयोजकले नगद पाँच हजार तथा प्रमाणपत्र प्रदान गरेको छ । त्यसैगरी नगर प्रमुखले आफ्नो व्यक्तिगत तर्फबाट सहभागि १० वटा टोलीलाई थप ५÷५ हजार प्रदान गर्ने घोषणा पनि गर्नुभएको छ ।
परम्परागत नेवारी कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले धिमे बाजाको मौलिकता जोगाउँदै नयाँ पुस्तालाई संस्कृति संरक्षणमा प्रेरित गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको हो ।
प्रकाशित मिति: २४ आश्विन २०८३, शनिबार









