२३ असोज, काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा सुनको अवैध कारोबारका लागि प्रयोग हुँदै आएको घर अमेरिका बस्ने नेपालीको रहेको पाइएको छ ।
उक्त घरबाट सुनको अवैध कारोबार हुँदै आएको भन्ने सुचनाका आधारमा प्रहरीले विहिबार छापा मारेको थियो । सो क्रममा बरामद गरिएको सुन २१ किलो ७५० ग्राम रहेको पाइएको छ । सो घर गत साउनदेखि भाडामा लिइ प्रयोग हुँदै आएको अनुसन्धानका क्रममा खुलेको प्रहरीको भनाइ छ । पक्राउ परेका चिनियाँ नागरिकसँग् दोभाषेको सहायतामा सोधपुछ भइरहेको छ ।
यद्यपी पक्राउ परेकाहरुले अनुसन्धानमा सहयोग नगरेकाले त्यति सहज नभएको प्रहरीको भनाइ छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विशेष सूचनाका आधारमा लामो समयदेखि निगरानि गरिरहेको थियो ।
प्रहरीले घरबाट सुन गाल्ने, गुणस्तर जाँच्ने तथा विभिन्न आकारमा ढाल्ने उपकरणसमेत बरामद गरेको छ । साथै प्रहरीका अनुसार अवैध सुन कारोबारका लागि बिवाइडी इभी गाडी पनि बरामद गरिएको छ जसको दैनिक भाडा ८ हजार तिर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार भाडामा लिइएको घरको मासिक ३ लाख ३० हजार रुपैयाँ तिर्ने गरिएको थियो ।
बाट प्रहरीले २१ किलो सुन बरामद गरेको छ । घर भाडामा लिएर सुनको अवैध कारोबार तथा प्रशोधन गर्ने गरेको सुराकीका आधारमा प्रहरीले बुढानिलकण्ठस्थित उक्त घरमा बिहीबार छापा मारेर करिब २१ किलो सुनसहित तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।
बरामद सुनमध्ये करिब ११ वटा विस्कुट र १० किलो ७५२ ग्राम अर्धठोस सुन बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।
प्रकाशित मिति: २३ आश्विन २०८३, शुक्रबार









