१४ कार्तिक २०८३ ,शुक्रबार

रसुवा भोटेकोशी बाढीः ९ हजार विद्यार्थीको पठन पाठन बन्द


School

२२ असोज भक्तपुर। रसुवा भोटेकोशी बाढीका कारण ९ हजार भन्दा धेरै विद्यार्थीको पठनपाठन अवरुद्ध भएको छ ।

बाढीको क्षतिबारे बागमती प्रदेश सरकारले तयार पारेको एकीकृत प्रारम्भिक प्रतिवेदन अनुसार ९ हजार २ सय ४८ विद्यार्थीको पठन पाठन बन्द भएको हो ।

बाढीले १२ वटा विद्यालयका ३५ भवन र ३१७ कक्षाकोठा पूर्ण रूपमा भत्किएको प्रतिवेदनमा उल्लेख छ । यस्तै, १८ वटा विद्यालयमा आंशिक क्षति पुगेको छ ।

प्रदेश सरकारको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका सचिव महेश भट्टराईले विहिबार मुख्यमन्त्री किरण थापा मगरलाई बुझाएको प्रतिवेदन अनुसार ४ अर्ब ९८ करोड ६२ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

रसुवा भोटेकोशी बाढीका कारण हाल सम्म एक हजार ४५५ जनाको ज्यान गइसकेको उल्लेख छ । यस्तै, हालसम्म ५ हजार २८५ जना अझै बेपत्ता छन् ।


प्रकाशित मिति: २२ आश्विन २०८३, बिहीबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?