१५ कार्तिक २०८३ ,शनिबार

काडाँघारीबाट गोली हानी पक्राउ गरिएका लुटेरा २७ मुद्धामा संलग्न


२२ असोज काठमाडौं । काठमाडौंको काँडाघारीबाट पक्राउ परेका लुटेरा आर्यन माझी २७ वटा मुद्धामा संलग्न रहेको पाइएको छ ।

प्रहरीले बुधबार राती माझी सहित अन्य दुई जनालाई गोली हानेर पक्राउ गरेको थियो ।

माझी विभिन्न मितिमा जिल्ला प्रहरी परिसर भक्तपुर, ईलाका प्रहरी कार्यालय बनेपा काभ्रे, जिल्ला प्रहरी परिसर काठमाडौंबाट डाँका चोरी मुद्दामा २७ वटा मुद्दामा पक्राउ परेको देखिएको प्रहरीले जनाएको छ ।

माझीसँगै मकवानपुरका बकैया गाउँपालिका–५ घर भएका राकेश थिङ र मकवानपुरका बकैया गाउँपालिका–७ घर भएका मनोज कुमार मोक्तान पक्राउ परेका थिए ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी दिलिप घिमिरेका अनुसार उनीहरू काठमाडौंका विभिन्न ठाउँमा लुटपाट गर्ने गरेको, मान्छेलाई बाटोमा हिंडेकै अवस्थामा सिक्रि लुटपाट गर्ने लगायतका काममा संलग्न रहेका थिए ।


प्रकाशित मिति: २२ आश्विन २०८३, बिहीबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?