२२ असोज काठमाडौं । जिनियस स्टार अफ नेपालको नृत्य तर्फको उपाधी एनडिए डान्स स्टुडियो कपनकी प्रयुशा अधिकारीले जितेकी छिन ।
Genius Digital Music Pvt Ltd को आयोजनामा सम्पन्न कार्यक्रममा बिहानी तामाङ द्वितीय तथा सायाङ लामा तृतीय भएका छन्।
बलबालिकामा रहेको नृत्य तथा गायन प्रतिभा उजागर तथा सम्मान गर्ने उद्धेश्यका साथ कार्यक्रम आयोजना गरिएको हो ।
प्रतियोगिताको नृत्य विधातर्फ वरिष्ठ नृत्य निर्देशक कमल राई, वरिष्ठ नृत्य निर्देशक तथा डिडानका केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठ र कलाकार पुजना प्रधान गुरुङ निर्णायकका रूपमा रहनुभएको थियो।
त्यसैगरी, गायन विधातर्फ वरिष्ठ संगीतकार राजु सिंह, गायक तथा संगीतकार भानुभक्त ढकाल र गायिका जुनु रिजाल निर्णायकका रूपमा रहनुभएको थियो।
चलचित्र कलाकार संघका पूर्व अध्यक्ष तथा वरिष्ठ कलाकार मोहन निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष तथा वरिष्ठ कलाकार उत्तम के.सी. विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा वरिष्ठ पत्रकार तथा मिलाप मासिकका प्रधान सम्पादक कृष्ण भुसाल, महाकाव्यकार क्षेमनाथ दाहाल, प्रस्तोता समाजका अध्यक्ष नरहरि प्रेमी, पत्रकार गीता अधिकारी, गायिका सारिका घिमिरे, गायक तथा संगीतकार योगेश काजी शाह, कार्यक्रम व्यवस्थापन संघका अध्यक्ष राजेन्द्र लुइटेल, गायक तथा संगीतकार राजेन्द्र बजगाई, गायक तथा संगीतकार चेतन राईलगायत कला, संगीत, पत्रकारिता तथा मनोरञ्जन क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको समेत उपस्थिति थियो।
त्यस्तै, नृत्य निर्देशक देवेन्द्र कुँवर (डिडान केन्द्रीय सदस्य), देवराज गुरुङ, सागर लामा, अजय कुमार बिष्ट, सिर्जना राजबाहक, निरु फुयाल र यम गुरुङलगायत कोरियोग्राफर, नृत्य निर्देशक तथा मोडलहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। प्रतियोगितामा सहभागी सम्पूर्ण बालप्रतिभाहरूले उत्कृष्ट प्रस्तुति दिएका थिए।
प्रकाशित मिति: २२ आश्विन २०८३, बिहीबार









