२२ असोज बारा। बाराको निजगढ नगरपालिका १२ मा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।
रामथली बस्ने ५५ वर्षीय विजय मोक्तानले घरायसी विवादका क्रममा श्रीमती सुकुमाया मोक्तानलाई लहराको टुक्राले कुटपिट गरेका थिए । कुटपिटबाट सामान्य घाइते भएकी सुकुमायाको विहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीय मेडिकलका चिकित्सले घरमै पुगेर सुकुमायाको उपचार गरेका थिए । औषधि उपचारपछि रातीको खाना खाएर सुतेकी सुकुमाया विहान मृत फेला परेकी हुन् ।
घटनामा संलग्न विजय मोक्तानलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: २२ आश्विन २०८३, बिहीबार









