२१ असोज काठमाडौं अस्ट्रेलियामा नर्सिङ अध्ययनरत नेपाली विद्यार्थी सञ्जु राईको सवारी दुर्घटनामा मृत्यु भएको छ।
न्यु साउथ वेल्सको ब्ल्याक स्प्रिङ्सनजिकै अक्टोबर २ मा भएको दुर्घटनामा २५ वर्षीया राईको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
नर्सिङ प्लेसमेन्ट सकेर गाउलबर्नबाट बाथर्स्टतर्फ फर्किने क्रममा साँझ करिब ५ बजे उनी दुर्घटनामा परेकी थिइन्।
प्रहरीका अनुसार राई सवार कार अचानक अनियन्त्रित भएर सडकछेउको रुखमा ठोक्किएको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २१ आश्विन २०८३, बुधबार









