१५ कार्तिक २०८३ ,शनिबार

देशभर २७ वटा खेलमैदान तथा कभर्ड हल निर्माण हुने


१९ असोज काठमाडौँ। देशभर २७ वटा खेलमैदान तथा कभर्ड हल निर्माण हुने भएको छ । सरकारले खेलकुद पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिँदै देशभर २७ वटा खेलमैदान तथा कभर्ड हल निर्माण गर्ने निर्णय गरेको हो ।

खेलमैदान तथा कभर्डहल निर्माणका लागि पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भइसकेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

सोमबार सिंहदरबारमा आयोजित मन्त्रिपरिषद्को नियमित पत्रकार सम्मेलनमा शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता पोखरेलले पहिलो चरणमा देशका विभिन्न स्थानमा छनोट गरिएका २७ वटा क्रिकेट तथा फुटबल मैदान र कभर्ड हल निर्माण गरिने बताए ।

देशभरका सबै रंगशालालाई एकैपटक स्तरोन्नति गर्न बजेट तथा प्राविधिक सीमितता रहे पनि २७ वटा महत्वपूर्ण आयोजनाबाट काम सुरु गर्नु सकारात्मक कदम भएको मन्त्री पोखरेलले बताए।


प्रकाशित मिति: १९ आश्विन २०८३, सोमबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?