१५ कार्तिक २०८३ ,शनिबार

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, एकजना घाइते


असोज १९, काठमाडौं मोरङको लेटाङ नगरपालिका–९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

शुक्रबार राति १०ः३५ बजे जाँते बजारबाट पथरीतर्फ जाँदै गरेको मे.४ प ७४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक झापा घेराबारीका २७ वर्षीय कुमार नेपाली, मोटरसाइकल पछाडि सवार सोही ठाउँका २५ वर्षीय सन्देश नेपालीको मृत्यु भएको हो । मोरङ, पथरीशनिश्चरे गाँउपालिका–०८ बस्ने ३२ वर्षीय अमर नेपाली घाइते भएका छन् । दुर्घटना लगत्तै उपचारका लागि अस्पताल पवु¥याइएका तीनजना मध्य दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अमर नेपालीको न्युरो अस्पताल, विराटनगरमा उपचार भइरहेको छ ।


प्रकाशित मिति: १७ आश्विन २०८३, शनिबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?