१८ असोज, भक्तपुर नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला दुई हजार ९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ९ सय रुपैयाँ कायम भएको छ। अघिल्लो कोरोबार दिन शुक्रबार सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य ६० रुपैयाँले घटेर प्रतितोला ४ हजार ३ सय ९० रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी ४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति: १८ आश्विन २०८३, आईतवार









