१४ कार्तिक २०८३ ,शुक्रबार

सुनको मुल्य घट्दा चाँदीको भाउ कति ?


१९ असोज, काठमाडौँ । स्थानीय बजारमा यो साा सुनको मुल्य घटेको छ । साताको पहिलो दिनको तुलनामा दोस्रो दिन सोमबार सुनचाँदीको मूल्यमा सामान्य परिवर्तन भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ४०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य ४० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला दुई लाख ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ४३० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदीको मूल्य प्रतितोला चार हजार ३९० रुपैयाँ कायम भएको थियो।
ग्त साताको शुक्रबार सुनको मुल्य २ ला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।


प्रकाशित मिति: १९ आश्विन २०८३, सोमबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?