१५ कार्तिक २०८३ ,शनिबार

यात्रुबस दुर्घटनामा ६ जनाको मृत्यु, १० जना घाइते


असोज १९  काठमाडौं, यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् । बिनयी त्रिवेणी गाउँपालिका –०२ एस मोडमा भएको दुर्घटनामा १० जना घाइते भ्रएका छन् । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा पल्टिएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा जिल्ला जाजरकोट, भेरीगंगा नगरपालिका –०३ बस्ने ५० वर्षीय निर्जुङ खत्री रहेका छन् भने अन्य पाँच जना मृतकको विवरण खुल्न बाँकी रहेको छ ।

उक्त बसमा चालक सहित १८ जना सवार रहेकोमा ६ जनाको मृत्यु भएको र १० जना घाइते भएका छन् भने २ जना सकुशल रहेका छन् ।

घाइतेहरुमा गोरखा, गो.न.पा.–०९ बस्ने वर्ष ३० को हरिशरण थापा, अछाम मंगलसेन न.पा. ६ बस्ने वर्ष २८ को तेजेन्द्र प्रसाद भण्डारी, बर्दिया ठाकुरबाबा न.पा. १ बस्ने वर्ष २० की आकृती, बाजुरा स्वामी कात्तिक गा.पा. ५ बस्ने वर्ष ३२ को पवन बुढा, बर्दिया राजापुर न.पा. ९ बस्ने वर्ष २८ को सञ्जय थारु, बाजुरा स्वामी कात्तिक गा.पा.१ बस्ने वर्ष २५ को प्रेम बम र ललितपुर कुञ्जय सोमपाक गा.पा. वडा नं ५ बस्ने वर्ष २९ को अनोज खत्री छन् । त्यसैगरी बर्दिया बाँसगढी न.पा. ७ बस्ष ३६ को लाल बहादुर कार्की, बाँके नेपालगञ्ज उ.म.न.पा. १६ बस्ने वर्ष ४८ को अस्लाम भगवान, सल्यान वनगढ कुपिण्डे न.पा. १ बस्ने वर्ष २१ को अनिल बुढाथोकी रहेका छन् । उक्त घटनाको खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक थमन सिंह रानाको कमाण्डमा खटिएको प्रहरी टोलीले बसमा सवार घाइतेहरूलाई उद्दार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचार भइरहेको छ ।


प्रकाशित मिति: १७ आश्विन २०८३, शनिबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?