१५ कार्तिक २०८३ ,शनिबार

भक्तपुरको जगातीमा आगलागि


१९ असोज भक्तपुर, भक्तपुरको जगातीस्थित एक कवाडी पसलमा आगलागि भएको छ । सूर्यविनायक नगरपालिका–८ कपाली टोलमा नवराज भट्टले संचालन गरेको कवाडी पसलमा आगलागि भएको हो ।

प्रहरी वृत्त जगाती भक्तपुरका अनुसार बिहान करिब साढे ६ बजेतिर आगलागी भएको हो ।

बिजुलीको तार सर्ट भएर कवाडी पसलमा आगलागी भएको हुन सक्ने डीएसपी दीपक कार्कीले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


प्रकाशित मिति: १९ आश्विन २०८३, सोमबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?