१७ असोज भक्तपुर भक्तपुर क्षेत्र नं २ का सांसद राजिव खत्रीले आफु सँधै श्रमजिवी पत्रकारहरुको पक्षमा उभिएको र उभिरहने बताएका छन् । सामुदायिक विकास तथा सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा आयोजित नागरिक सुनुवाई तथा शुभकामना कार्यक्रममा खत्रीले श्रमजिवी पत्रकारहरुको विपक्षमा कहिले पनि नरहेको बताएका हुन् ।
सरकारले निजि क्षेत्रका मिडियालाई लोककल्याणकारी विज्ञापन नदिएको विषयमा पत्रकार महासंघ विरोधमा उत्रिएपछि खत्रीले दिएको अभिव्यक्तिलाई लिएर उनिमाथि टिका टिप्पणीहरु भइरहँदा यस्तो स्पष्ट पारेका हुन् । खत्रीले भने– “श्रमजिवी पत्रकारको विषयमा एक रत्ति नबोलेको पत्रकार महासंघ मिडिया मालिकले राज्यको पैसा पाएन भनेको हकमा कोहि व्यक्तिलाई झ्यालबाट फ्याँकिदिन्छु भन्छ भने त्यो मान्छे असनको साँढे हो की गुण्डा हो भनेकै हो तर समग्र पत्रकारलाई भनेको होइन ।
आफ्नो प्रश्न पत्रकार महासंघलाई हो ।” पत्रकार महासंघ श्रमजिवि पत्रकारहरुका लागि हिजो पनि नबोलेको र आज पनि नबोलेको दावि गरे । उनले पत्रकारीताका नाममा केन्द्र देखि स्थानीय तहका जनप्रतिनिधिको निकट रहने र पैसा लिएर निहित स्वार्थका लागि भजन गाउने पत्रकारीता प्रति मात्र आफ्नो प्रश्न रहेको उनले स्पष्ट पारे ।
उनले पत्रकारहरुलाई दशैँको भत्ता त परको कुरा ४ महिनादेखि अड्किएको तलब पाइएला कि नपाइएला भन्ने चिन्ता छ ।
प्रकाशित मिति: १७ आश्विन २०८३, शनिबार









