१४ कार्तिक २०८३ ,शुक्रबार

जगातीमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष उद्धघाटन


२२ असोज भक्तपुर । भक्तपुरको जगातीमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

नजिकिँदै गरेको दसैँ तिहार छठ लगायतका चाडपर्वको समयमा नागरिकहरुमा परेको र पर्न सक्ने समस्यालाई सम्बोधन गर्न जगाती चेक पोष्टमा स्थापना गरिएको यात्रु सहायता कक्षको शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।

समुदाय प्रहरी साझेदारी अवधारणा कार्यक्रम अन्तर्गत प्रहरी वृत्त जगाती भक्तपुरको आयोजना सामुदायिक प्रहरी सेवा केन्द्र कटुन्जे र जिल्ला ट्राफिक प्रहरी परिसर चुनदेवी भक्तपुरको सहकार्य तथा जिल्ला प्रहरी परिसर भक्तपुरका कार्यालय प्रमुख प्रहरी उपरिक्षक सुर्य बहादुर खड्काको प्रमुख आतिथ्यतामा सहायता कक्षको उद्घाटन गरिएको हो ।

कार्यक्रममा प्रहरी वृत्त जगाती भक्तपुरको कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक चन्चला श्रेष्ठ, प्रहरी निरिक्षक किरण प्रकाश मल्ल, सुर्यविनायक नगरपाकिला वडा नं. ८ का वडा अध्यक्ष श्री पुष्पराज बस्नेत सुर्यविनायक नगरपालिका वडा नं ९ का वडा सदस्य विनय महत लगायतको उपस्थिति थियो ।

कार्यक्रमका प्रमुख अतिथि भक्तपुरका कार्यालय प्रमुख प्रहरी उपरिक्षक सुर्य बहादुर खड्काले चाठ पर्वको समयमा यात्रु तथा सर्वसाधारण नागरिकलाई पर्ने कुनैपनि समस्या समाधान र सुरक्षाका लागि प्रहरी प्रशासन सदैव तत्पर रहने प्रतिवद्धता जनाउनुभयो ।


प्रकाशित मिति: २३ आश्विन २०८३, शुक्रबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?