१४ कार्तिक २०८३ ,शुक्रबार

घातक सुई दिएर ज्यान लिने प्रयास विफल, जीवन जोगाउने प्रयास जारी


१८ असोज, काठमाडौँ । अमेरिकाको टेनेसी राज्यमा मृत्युदण्डको सजायबाट बचेकी एक महिलाको उपचार चलिरहेको छ । क्रिस्टा पाइक नामकी महिलालाई घातक सुई दिएर ज्यान लिने प्रयास विफल भएको हो ।

दुई पटक सुइ लगाउँदा पनि उनी जिवितै रहेपछि उनको हाल उपचार चलिरहेको छ । उनी हाल अस्पतालमा गम्भीर अवस्थामा रहेको र जीवन जोगाउने उपचारहरु भइरहेको उनका वकिलले बताएका छन् ।लसजाय कार्यान्वयनका क्रममा उनलाई घातक इन्जेक्सन दिए पनि उनको मृत्यु नभएपछि उक्त राज्यका गभर्नरले यस वर्षका लागि सबै मृत्युदण्डहरू दिने काम रोक्ने निर्णय गरेका छन्।

उनका वकिलहरूले अब पाइकको सजाय घटाइयोस् भनी माग गरिरहेका छन्।

५० वर्षकी पाइकलाई सन् १९९६ मा कोलीन स्लेमरको हत्या गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको थियो ।

उनका एक वकिलले दुई वटा पेन्टोबाब्र्रिटोल सुई दिइएकी ५० वर्षीया पाइकलाई अस्पतालमा उनको ’जीवन रक्षा गर्ने उपायहरू’ अवलम्बन गरेर उपचार गरिएको बताए ।


प्रकाशित मिति: १८ आश्विन २०८३, आईतवार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?