१९ असोज, भक्तपुर । भक्तपुरको सुर्यबिनायक जगातीमा भएको आगलागिमा करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
नगरपालिकाको वडा नम्बर–८ मा अवस्थित बिके सप्लायर्स नामको कवाडी गोदाममा करिब ३० लाख बराबरको क्षति भएको आकलन गरिएको छ । सो सप्लायर्ससँगै जोडिएको दिनेश मचामसीको घरको ट्रस्टको संरचना समेत जलेपछि ५० लाख बराबरको क्षतिको आंकलन गरिएको प्रहरीले जनाएको छ ।
कवाडी गोदाममा लागेको आगो अहिले पूर्ण रुपमा निभाइएको छ । बिहान साढे ६ बजेतिर सुरु भएको आगो दमकल प्रयोग गरेर निभाइएको हो ।
प्रकाशित मिति: १९ आश्विन २०८३, सोमबार









